२२ माघ, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले २४ गते शनिबारको देशब्यापी काँग्रेसका शुभेच्छुक संस्थाको आन्दोलनमा सहकार्य गरेर ओली सरकारको असंबैधानिक गतिबिधि बिरुद्धको आन्दोलनलाई सफल बनाउन परिपत्र गरेको छ ।
दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बिज्ञप्ती निकाल्दै भनेका छन्, ‘प्रस्तुत विषयमा नेपाल कम्युनिष्ट पार्टीका के।पी। ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड( १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीको केन्द्रिय समितिको निर्देशन अनुसार २०७७ साल माघ २४ गते शनिबार सबै शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय भए बमोजिम उक्त विरोध कार्यक्रम एवं सभालाई भव्य रुपमा सम्पन्न गर्न नेपाल तरुण दल त्यस जिल्ला समितिले जिल्लाका सम्पूर्ण तरुणहरुलाई उक्त विरोध कार्यक्रममा सहभागी गर्नरगराउन यो परिपत्र गरिएको छ ।’






