आर्थिक

जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

२२ माघ, काठमाडौं । टीभीएस मोटरसाइकलतथा स्कुटरको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्सप्रा.लि.ले “डाउनलोड एन्ड विन”अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।
टिभीएसका स्टीकर डाउनलोड गरेर विजेताबन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।
उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीनमहिनासम्मचलेको थियो । यस अभियानमाग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशानामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएकाथिए ।
हामीनेपालको एक प्रमुख मोटरसाइकलका वितरक जगदम्बा मोटर्स टिभीसँग साझेदारीमा रहेकोमागर्व गर्दछौं। हामीले यस अभियान भरि नै उत्साहजनक सहभागीता पाएका थियौं र हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन् । हामी आगामी दिनमा टिभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं, ”एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसी भन्छन् ।
हाम्रा ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साह प्रदान गर्न टिभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रतिआभारी रहेको छौं । हामी देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी छौं । हामी यो अभियानमा सहभागीभएर यसलाई सफलबनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं,जगदम्बा मोटर्सका जनरल म्यानेजर–सेल्स् एण्ड बिजनेस डेभ्लपमेन्टदीपक प्रसाद रौनियारले भने ।”