२३ माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खनिएका छन् । केहिदिन पहिले राति काठमाडौंको चक्रपथमा सेनाका गाडी घुमाइएको घटनातर्फ संकेत गर्दै नेता नेपालले आक्रोस व्यक्त गरेका छन् ।
आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसंगको अन्तक्रियामा नेता नेपालले रिङरोडमा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही पनि नडराउने बताएका छन् ।
साथै उनले ओलीलाई यसरी तर्साउने काम नगर्न चेतावनी समेत दिएका छन् । यस्तै नेपालले प्रधानमन्त्री ओलीलाई बालकोटमा गएर बस्न समेत सुझाव दिएका छन् ।
नेता नेपालले ओलीलाई बालकोटमै गएर त्यहीं वरिपरि पूजा गर्ने महेश बस्नेत प्रवृत्तिलाई लिएर पार्टी बनाउन समेत आग्रह गरेका छन् । चोइटिएको सानो टुक्रामा ओलीले दम्भ नदेखाउन समेत नेपालको चेतावनी थियो ।





