राजनीति

नेकपा अध्यक्ष दाहालको स्पष्टिकरणः मैले एमसीसीको समर्थन गरेकै छैन

२३ माघ, काठमाडौं । नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीकाे समर्थन गरेको भन्ने हल्लाहरुमा कुनै सत्यता नभएको बताएका छन् ।

आज बिहान पत्रकारहरुसंगको छलफलमा अध्यक्ष दाहालले आफुले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को समर्थन नगरेको स्पष्टिकरण दिएका छन् ।

बिहिबार उक्त समुहको आमहड्तालमा एमसीसीको बिरुद्धमा नारावाजि भएपछि दाहालले रोकेका थिए । सोहि विषयमा बिभिन्न थरिका टिका-टिप्पणी भएका बेला दाहालले यस्तो स्पष्टिकरण दिएका हुन् ।

साथै उनले एमसीसीको बारेमा पार्टीमा छलफल भईरहेको र परिमार्जन जरुरी रहेको भन्दै समर्थन गरेको भन्ने हल्लाहरु निराधार रहेको बताएका छन् ।

उनले बिहिबारको आमहड्तालमा तोकिएका नारामात्रै लगाउन आग्रह गरेको तर आाफु एमसीसीको समर्थनमा नरहेको बताएका छन् । अधयक्ष दाहालले संबैधानिक परिषदको ज्यादतीपुर्ण नियुक्तिका बिरोधमा हडताल  परेको गर्नु बताएका छन् ।

फरक प्रसंगमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटन गरेर देशमा संवैधानिक-राजनीतिक संकट निम्त्याएको उनले बताए ।

ओलीले संसदद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरिएको दाहालले जिकिर गरेका छन् । संविधान शान्तिको अंग भएको भन्दै उनले ओलीको कदम शान्ति भंग गर्ने दिशातर्फ उन्मुख रहेको तर्क गरेका छन् ।