राजनीति

मोरङमा डा कोइरालाले एमाले, राप्रपा र माओबादीका सयौं कार्यकर्ता एकैदिन गराए प्रवेश

२३ माघ, बिराटनगर । मोरङको सुन्दरहरैंचा सलकपुरमा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कांग्रेस नेता डा शेखर कोइरालाले सयौंलाई काँग्रेस प्रवेश गराएका छन् ।
कार्यक्रममा राप्रपाका पुर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई, नेपाल सरकारका पुर्व सहसचिव प्रेमप्रकाश उप्रेती र नेपाल प्रहरीका पुर्व एसपी नरेन्द्र उप्रेतीलगायत राप्रपा, पुर्व एमाले र पुर्व माओवादीबाट करिब २ सय ३३ जना व्यक्ति कांग्रेसमा प्रवेश गरेका छन्। डा कोईरालाले कार्यकर्ता प्रवेश गराएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पुष्टी गरेका छन् ।