२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपीशर्मा ओलीप्रति व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ भन्दै व्यंग्य गरेका छन् ।
हुलाकी सडक, रेल संचालन, पानी जहाज, सुरुङ मार्ग, युवा स्वरोजगार आदि सारा काम सरकारले गरेको हो भन्ने प्रधानमन्त्री ओलीको दाबी भाषणप्रति उनले यस्तो व्यंग्य गरेका हुन् ।
नेता गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद भंग गरेको हुँ भनेको प्रति कटाक्ष गर्दै नरिसाइ बक्स्योस् महाराज ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ भन्ने व्यंग्य गरेका हुन् ।
उनको ट्वीटः प्र.म. ओलीको भाषणको पहिलो लाइनः हुलाकी सडक, रेल संचालन, पानी जहाज, सुरुङ मार्ग, युवा स्वरोजगार आदि सारा काम सरकारले गरेको छ । प्र.म.ओलीको भाषणको दोश्रो लाइनः सरकारलाई काम गर्न नदिएकाले संसद भंग गरेको हुँ । नरिसाइ बक्स्योस् महाराज ! ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ ।






