२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले बैतडी घटनाका दोषीलाई तत्काल कारबाहि गर्न सरकारसंग माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त बैतडिमा एक किशोरी बलात्कारपछि हत्यामा संलग्नको तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका हुन् ।
बैतडीको दोगडाकेदार गाउँपालिक-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको बलात्कार पछि हत्या गरिएको खबरले निकै मर्माहित भएको भन्दै दोषीलाई छिटो-भन्दा छिटो कारबाहि गर्न माग गरेका हुन् ।
उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोशीलाई कारबाही गर्न सरकारसँग उनको माग छ । सभापति देउवाले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घर नजिकैको जंगलमा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सिआइबीको टोली पनि घटनास्थल खटिएको छ ।






