राजनीति

नेकपा नेपाल–दहाल पक्षले गर्यो २८ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान

२७ माघ, काठमाडौं । नेपाल–दहाल–खनाल नेतृत्वको नेकपाले भोली २८ गते बुधबार हुन गईरहेको नेकपा प्रदर्शनमा तीन लाख भन्दा बढी सहभागी हुने दाबी गरेका छन् । भिडियो सन्देशमार्फत अध्यक्ष नेपाल–दहालले सबैलाई प्रदर्शनमा उपस्थिति हुन आग्रहसहित तीन लाख भन्दा बढी जनता उपस्थिति हुने दाबी गर्दै सबैलाई उपस्थिति हुन उनीहरुले आह्वान गरेका छन् ।
नेकपा केपी ओली पक्षले काठमाडौंको दरबारमार्गमा ठूलो प्रदर्शन गरेपछि त्योभन्दा ठूलो प्रदर्शन गर्ने तयारी गरेका नेपाल–दहाल पक्षको २८ गतेको प्रदर्शन कस्तो हुने हो हेर्न बाँकी भएपनि उनीहरुको दाबी ओलीको भन्दो धेरै नै ठूलो हुने छ ।
नेकपा फुटेपनि दुबै पक्षले आफ्नो समूह आधिकारिक मान्दै आएका छन् भने निर्बाचन आयोगले आधिकारिकता कस्को हो भन्ने स्पष्ट गरेको छैन । निर्बाचन आयोगमा दुबै समूह आफ्नो पक्ष आधिकारिक हो भरेर पुनः गईसकेका छन् ।
ओली समूहको पनि बिराटनगर, बुटबललगायतका स्थानमा प्रदर्शन गर्ने तयारी गरिसकेको प्रधानमन्त्रीसमेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओलीले २३ गतेको दरबारमार्ग जनसभामा गराईसकेका छन् ।