२९ माघ, काठमाडौं । ०६२/६३ सालको आन्दोलनमा तत्कालीन नेकपा एमालेबाट सकृय बिद्यार्थी आन्दोलनमा होमिएकी रामकुमारी झाँक्री एमालेको बिद्यार्थी भातृसंस्था अनेराश्वबियूकी अध्यक्ष पनि भईन् । तत्कालीन एमाले महासचिव माधव कुमार नेपाल निकट भएका राजनीतिमा सकृय रहेकी झाँक्रीले पछिल्लो समय आफ्नै पार्टीभित्र भएका बिकृति बिसंगतीका बिरुद्धमा खरो रुपमा बिरोधमा उत्रिन थालिन ।
नेतृ झाँक्री आफ्नै पार्टीभित्र भएका गलत कृयाकलापको बिरुद्धमा बोल्दा पछिल्लो समय एकीकरण भएपछि शक्तीसाली अध्यक्ष बनेका केपी शर्मा ओलीबिरुद्ध प्रहार जारी रहनु स्वभाबिक देखिन थाल्यो । उनको प्रहार रेगुलर हुन थालेपछि नेकपा अध्यक्ष ओली पक्षको आँखाको तारो बनिरहेकी बेला पछिल्लो समय राष्ट्रपति बिद्यादेवी भण्डारीको बिरुद्धमा बालकोट नै गए हुन्छ भन्ने अभिब्यक्ती दिईन् । बालकोट प्रधानमन्त्री ओलीको निवास छ ।
झाँक्रीसँग असन्तुष्ट रहेका ओली निकटका महिलासंघ, युवा संघलगायतले नेतृ झाँक्रीलाई कारबाही गर्न माग गरिरहेको अवस्थामा पछिल्लो समय फुटको अवस्थामा रहेको नेकपाको नेपाल दहाल पक्षमा लाकेकी उनलाई आज पक्राउ गरेरै छाड्यो ।
५ घण्टा राज्यद्रोहको मुद्धामा पक्राउ परेकी नेतृ झाँक्रीको पक्राउको बिरुद्धमा नेपाली काँग्रेसलगायतका झाँक्रीको पार्टी ईतरलेसमेत कडा बिरोध गर्यो । नेतृ भाँक्रीलाई पक्राउ गरेको बिरोधमा देशभर आन्दोलन हुने अनुमान नेकपा ओली पक्षले गरेको थियो । नेतृ झाँक्रीलाई एक घण्टा भएपनि थुनामा राखेरै छाड्ने भन्ने उद्येश्य ओली निकट नेताहरुलाई भएको नेकपा ओली निकटका नेताहरुको तर्क छ । नेतृ झाँक्रीले २८ गते माघको कार्यक्रममा पनि राष्ट्रपति भण्डारी, प्रधानमन्त्ती ओलीको कडा बिरोध गरेकी थिईन् ।
संसद बिघटन सिफारिस गरेपछि नेकपा ओली पक्ष र नेपाल दहाल पक्ष पानी बाराबारको अवस्थामा छन् । दुबै पक्षका नेता कार्यकर्ता एकअर्काको कडा बिरोधमा उत्रिरहेका छन् । निर्बाचन आयोगले कसैलाई आधिकारिक नभनेपनि दुबै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहेका छन् ।बिहीबार दिनभर नेतृ झाँक्रीको पक्राउको बिषयमा मिडियामा राम्रै टिकाटिप्पणी र बिरोधहरु देखिएका थिए ।





