१ फागुन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार पाईलैपिच्छे निरंकुशतातरि उन्मुख भएको टिप्पणी गरेका छन् ।
फागुन ३ गते नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा आयोजना गर्न लागेको प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई अपिल गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।
उनले ओली सरकारका पछिल्ला काम कारबाहीले मुलुकलाई निरंकुशतातर्फ धकेल्ने निहीत उद्येश्यका साथ ओलीले संसद भंग गरेको पुष्टि हुने बताएका छन् ।
उनले सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन् ।
साथै वरिष्ठ नेता पौडेलले भिडियो अपिलमा सम्पुर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले फागुन ३ गते ७७ वटै जिल्लामा आयोजना गरेको विरोधसभामा सहभागि हुन आह्वान गरेका छन् ।





