राजनीति

शहीदका रगतले लेखेको संविधान नै धरापमा पर्ने खतरा बढ्योः अध्यक्ष दाहाल

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहा ले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने खतरा रहेको बताएका छन् ।

आज बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको बर्दिया जिल्लामा ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तकको काठमाडौंमा विमोचन गर्दै प्रचण्डले शहीदका रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि भन्ने खतरा समेत पैदा भएको बताएका हुन् ।

उनले जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता विषयको रक्षाका निम्ति पुस्तकले प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।

यस्तै अध्यक्ष दाहालले शान्ति सम्झौता, हतियार व्यवस्थापन गर्नु आफैंमा युगान्तकारी कदम भएको पनि बताएका छन् ।