१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बिघटन गरेर नेकपा अध्यक्ष केपी शर्मा ओलीले संबिधानमाथी नै बिश्वासघात गरेको बताएका छन् ।
समाजबादी जनता दलका अध्यक्ष डा बाबुराम भट्टराईको गुमनाम आमाहरु पुस्तक बिमोचन कार्यक्रममा सहभागी भएका बरिष्ठ नेता पौडेलले सर्बोच्च अदालतसँग संसद पुनस्थापनाको निर्णय गर्ने कुनै बिकल्प नभएपनि अरु नै कुनै निर्णय गर्न सक्ने सम्भावनासमेत बलियो रहेको आशंक ब्यक्त गरेका छन् ।
आजको डा भट्टराईको पुष्तक बिमोचन कार्यक्रममा बरिष्ठ नेता पौडठेलसंगै नेकपा अध्यक्ष पुष्पकमल दहाल, समाजबादी जनता दलका नेता अशोक राई, डा मीना पौडेल, तलनारायण शाहको संयुक्त सहभागीता थियो । बरिष्ठ नेता पौडेलले संबिधान बचाउनु आम नागरिकको कर्तब्य हुने भन्दै अदालतले विवेकपूर्ण निर्णय गरे संसद पुनस्थापना हुने ठाउँ रहेको बताएका थिए ।
बरिष्ठ नेता पौडेलले धारा ७६ को ७ अनुसार मात्रै संसद विघटन गर्ने प्रावधानमा प्रधानमन्त्री ओली त्यसबेला सहमत भएपनि अहिले आएर धोका दिएको आरोप लगाए ।






