राजनीति

काँग्रेस गरिबको पार्टी भन्दै धरानमा सयौं मजदुरले शेखरबाट टीका लगाई गरे काँग्रेस प्रवेश

३ फागुन, काठमाडौँ । आज नेकपा परित्याग गरि ट्याम्पो मजदुर लगायत महिलाहरु सहित १०० जनाभन्दा बढीले काङ्ग्रेस प्रबेश गरेका छन् ।
धारानमा भएको नेपाली काङ्ग्रेसले आयोजना गरेको नेकपा नेतृत्वको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद बिघटन सिफारिस र राष्ट्रपति बिद्यादेवी भण्डारीले सदर गरेकोलगायतको बिरोध सभामा ५२ जना ट्याम्पो चालक ब्यावसायि संघ तथा मजदुरहरु लगायत ४८ जना महिलाहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन्।
नव प्रबेशिहरुलाइ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशालि नेता डा शेखर कोइरालाले अभिर तथा सदस्यता दिएर स्वागत गरेका छन्। नव प्रबेसि मजदुरहरुले अबिर लगाइसकेपछि काङ्ग्रेसको पक्षमा नारा लगाएका थिए। उनीहरुले बिगतमा कम्युनिष्टलाई मतदान गरेर गरेको गल्तीले देश नै झण्डै तहसनहस भएको भन्दै अव भने बिना शर्त सबै नेपाली जनताले काँग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन् । उनीहरुले काँग्रेस गरिबको पार्टी भएको पुष्टी भएको कम्युनिष्टका नेताहरुले पछिल्लो समय देखाएको ब्यवहारले देखाएको बताए ।
यसअघि इटहरीको कार्यक्रममा पनि प्रमुख अतिथी रहेका डा कोईरालाले सयौं अन्य पार्टीका नेता कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका थिए । कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा भएके थियो भने कार्यक्रमको व्यवस्थापन धरान उपमहानगरले गरेको थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु, मीन बिश्वकर्मा, नरेन्द्र चौधरी, जिल्ला सभापति तथा प्रदेश संसदीय दलका नेता राजीव कोईरालालगायतले सरकारको बिरोधमा बोलेका थिए ।