राजनीति

निर्मला/भागीरथीका बलात्कारी/हत्यारा ओलीका आफन्त हुनाले कारबाही गर्न सक्दैनन्ः डा कोईराला

३ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले रामहरी श्रेष्ठको हत्यामा संलग्न कालीबहादुर खामलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ओली समूहमा भित्र्याएर नेकपा ओली समूह अपराधीहरुको पार्टी भएको पुष्टी भएको बताएका छन् ।
डा कोईरालाले संबिधानको कुनैपनि धारामा टिकेर निर्णय गरेमा संसद पुनःस्थापनाको बिकल्प नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएजस्तो धम्की भने आफूहरुले नदिने बताए । उनले सर्बोच्च अदालतले संसद पुनस्थापना गर्नेमा आफू बिश्वस्त भएको भन्दै प्रधानमन्त्रीले आफूसँग ६७ प्रतिशत साँसदहरु भएको दाबी गरेकोले अदालतले गर्ने निर्णय संसद पुनस्थापनाका पक्षमा हुने बताए ।
डा कोईरालाले देशको प्रधानमन्त्री आफैं शक्तीसाली भएपनि सरकारी खर्चमा बिरोधसभाहरु गरेर हिँडेर गलत गरेको बताए । उनले प्रधानमन्त्री अत्तिम समूहमा कमजोर भईरहेको बताउँदै नेकपालाई अपराधीहरुलाई पार्टी प्रवेश गराएको भन्दै ८ १० जना अपराधीलाई काँग्रेस प्रवेश गराएको बताए । कालीबहादुर खामलाई प्रहरीले खोजेको भएपनि बालुवाटारमा नै प्रधानमन्त्रीसँगै रहेको भन्दै सामाजिक सञ्जाललाई व्यवस्थीत बनाउने नाममा अभिब्यक्ती स्वतन्त्रतालाई कुण्ठीत बनाउन लागि परेको भन्दै संबैधानिक परिषदमा तीनजानामात्र उपस्थित हुँदा पनि सिफारिस गर्न मिल्ने अध्यादेश ल्याएको भन्दै एकतर्फी रुपमा गरिएका नेकपाको भर्ती केन्द्रको रुपमा गरिएका सबै नियुक्तीहरुलाई अब बन्ने सरकारले खारेज गर्ने बताए । उनले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको कुरा नेपाली काँग्रेसको केन्द्रीय समितिले नै ओम्नी, वार्डडबडी, केक्युरिटी प्रिन्टिङ प्रेशमा भ्रष्टाचार भएको कुरामा छननबिन गर्न आग्रह गर्दै निर्णय गरेको स्मरण गरे । डा कोईरालाले निर्मला पन्तको बलात्कार र हतया भएपछि चेलीहरु बलात्कार हुने क्रम नघटेको भन्दै पछिल्लो समयमा भागीरथीको बलात्कार र हतया भएको बताए । निर्मला पन्त वा भागीरथी भट्टका बलात्कारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीका आफन्त भएका कारण बलात्कारी र हत्यारालाई ओली सरकारले कारबाही गर्न नसक्ने बताए । उनले ओली सरकारले एकमिनट पनि सत्तामा बस्ने नैतिकता नभएको भन्दै काँग्रेस जिम्मेवार पार्टी भएकाले नेपाली काँग्रेसले आफ्नै खुट्टामा उभिएर अगाडी बढ्ने कुरामा स्पष्ट हुने दृढता ब्यक्त गरे । उनले नेकपासँग सहकार्य गरेर आन्दोलन नगर्ने उनको स्पष्टोक्ती छ । डा कोईरालाले प्रदेशमा ओली सरकारबाट प्रदेश नम्बर १ र ५ मा सहकार्य गरेर जान आफ्र आएपनि अबिस्वासको प्रस्तावको पक्षमा काँग्रेसले मतदान गर्नुपर्ने बताए । लोकतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी काँग्रेसमा आएको भन्दै त्यसका लागि काँग्रेसले योगदान गर्नसक्ने दाबी गरेका छन् ।
नेकपा परित्याग गरि ट्याम्पो मजदुर लगायत महिलाहरु सहित १०० जनाभन्दा बढीले काङ्ग्रेस प्रबेश गरेका छन् ।
धारानमा भएको नेपाली काङ्ग्रेसले आयोजना गरेको नेकपा नेतृत्वको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद बिघटन सिफारिस र राष्ट्रपति बिद्यादेवी भण्डारीले सदर गरेकोलगायतको बिरोध सभामा ५२ जना ट्याम्पो चालक ब्यावसायि संघ तथा मजदुरहरु लगायत ४८ जना महिलाहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन्।
नव प्रबेशिहरुलाइ डा शेखर कोइरालाले अभिर लगाउँदै तथा सदस्यता दिएर स्वागत गरेका छन्। नव प्रबेसि मजदुरहरुले अबिर लगाइसकेपछि काङ्ग्रेसको पक्षमा नारा लगाएका थिए। उनीहरुले बिगतमा कम्युनिष्टलाई मतदान गरेर गरेको गल्तीले देश नै झण्डै तहसनहस भएको भन्दै अव भने बिना शर्त सबै नेपाली जनताले काँग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन् । उनीहरुले काँग्रेस गरिबको पार्टी भएको पुष्टी भएको कम्युनिष्टका नेताहरुले पछिल्लो समय देखाएको ब्यवहारले देखाएको बताए ।
यसअघि इटहरीको कार्यक्रममा पनि प्रमुख अतिथी रहेका डा कोईरालाले सयौं अन्य पार्टीका नेता कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका थिए । कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा भएको थियो भने कार्यक्रमको व्यवस्थापन धरान उपमहानगरले गरेको थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु, मीन बिश्वकर्मा, नरेन्द्र चौधरी, जिल्ला सभापति तथा प्रदेश संसदीय दलका नेता राजीव कोईरालालगायतले सरकारको बिरोधमा कडा रुपमा बोलेका थिए ।