४ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले छिट्टै नै नेपाली काँग्रेस र राजपासँग मिलेर छिट्टै नै नयाँ आन्दोलनका कार्यक्रमहरु गरिने बताएका छन् । उनले आफ्ना जेठा सम्धी नरबहादुर केसीको निधनमा श्रद्धान्जली दिन चितवन गएका बेला आज पत्रकारहरुसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् ।
अध्यक्ष दहालले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दाबी गर्दै असंबैधानिक तवरले गरिएको निर्बाचनले दिने परीणाम राम्रो नहुने जिकिर गरेका छन् । निर्बाचन भएमा निर्बाचनमा भाग लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष दहालले सर्बोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा नै फैसला गर्ने भन्नेमा आफू बिश्वस्त रहेको दाबीसमेत गरेका थिए ।
अध्यक्ष दहालले आफू अतिबादलाई समातेर भन्दा शान्तीपूर्ण राजनीतिमा नै रहने भन्दै उनले थपे, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ। ’ नेपाली काँग्रेसमा भने पछिल्लो समय कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गरेर कुनैपनि आन्दोलन र सहमती गर्न नहुने आवाज बलियो हुँदै गएको छ । त्यसैबेला अध्यक्ष अध्यक्ष दहालले भने नेपाली काँग्रेससँग सहकार्यको कुरा गर्नु अर्थपूर्ण हुनसक्छ ।





