राजनीति

भारतका गृहमन्त्री अमित शाहले नेपालमा भाजपाको बिस्तार गर्ने भनेकोप्रति नेकपा आक्रमक

५ फागुन, काठमाडौं । नेकपाले भारतीय जनता पार्टीले नेपाललगायतमा संगठन बिस्तार गर्दै सरकार बनाउने भनी दिएको अभिब्यक्तीको कडा बिरोध गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक बिज्ञप्ती जारी गर्दै त्रिपुरा राज्य सरकारका नेतृत्व गरिरहेका बिप्लव देवले भारतीय गृहमन्त्री अमित शाहसँगको सल्लाहमा उक्त कुरा बताएको भन्दै नेकपा नेपाल–दहाल पक्षका तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त बिरोध गरेका हुन् ।