५ फागुन, काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १४ गते गर्ने मिति सार्बजनिक गरेको छ । आज केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस बैठकले उक्त निर्णय गरेको हो ।
आजको केन्द्रीय समिति बैठकले निर्णय गरेको कार्यतालिकाअनुसार फागुन १५ सम्म समायोजनको काम टुंगो लगाउने, फागुन २८ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ ।
त्यस्तै आउँदो असार २० गते वडा र पालिकाको अधिवेशन, २२ गते प्रदेश सभाको अधिवेशन, २५ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असार २७ गते, जिल्ला अधिवेशन असार ३० र प्रदेश अधिवेशन साउन ६ गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ ।
पार्टीको केन्द्रीय अधिवेशन भने भदौ ७, ८, ९ र १० गते गरिनेछ । काँग्रेसले फागुन ७ गतेदेखी नै काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय बिगतमा गरेको भएपनि बिश्वब्यापी कोरोना महामारीका कारण अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगीत गरेको थियो ।





