राजनीति

उपराष्ट्रपतिद्वारा सार्वजनिकरुपमै संसद विघटनको बिरोध हुनुले व्यवस्थाको कमजोर नैतिक धरातल उदांगोः अध्यक्ष थापा

६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा बिघटनमा उपराष्ट्रपतिको बिरोधलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले उपराष्ट्रपतिद्वारा सार्वजनिकरुपमै संसद विघटनको बिरोध हुनुले व्यवस्थाको कमजोर नैतिक धरातल उदांगो भएको बताएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार एक कार्यक्रममा प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताएका थिए ।

अध्यक्ष थापाले प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन रहेकै अवस्थामा राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा सार्वजनिकरुपमै बिरोध र आलोचना हुनुले संविधान, व्यवस्था र वर्तमान राजनीतिको कमजोर नैतिक धरातललाई उदांगो पारेको बताए ।

साथै लोकतन्त्रको आवरणमा स्वच्छन्दताको थप उदाहरण भएको उनको टिप्पणी छ ।

उनको ट्वीटः प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन रहेकै अवस्थामा राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा सार्वजनिकरुपमै बिरोध र आलोचना हुनुले संविधान,व्यवस्था र वर्तमान राजनीतिको कमजोर नैतिक धरातललाई उदांगो पारेको छ । लोकतन्त्रको आवरणमा स्वच्छन्दताको थप उदाहरण