राजनीति

देउवामाथि रामचन्द्र जंगिएः जनतालाई कन्फ्युजमा पार्दै, जे मन लाग्यो त्यहि बोलेर हिँड्ने

६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिप्रति जंगिएका छन् ।

आज नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता वरिष्ठ नेता पौडेलले जनलाई कन्फ्युजमा पार्दै जे मन लाग्यो त्यहि बोलेर हिँड्ने भन्दै आक्रोस व्यक्त गरेका छन् । साथै उनले जनतालाई भ्रममा नपार्न समेत नेतृत्वलाई चेतावनी दिएका छन् ।

सो कार्यक्रममा अगाडी बोलेका देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताएका थिए ।

देउवाले वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन्

पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै वरिष्ठ नेता पौडेलले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको पनि बताएका छन् । 

देउवाले आज जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्याएका थिए । भने जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने बताएका थिए । उनको सोहि अभिव्यक्तिप्रति वरिष्ठ नेता पौडेल जंगिएका हुन् ।