काँग्रेसले १२ सालको समाजबादको व्याख्यालाई पुनःब्याख्या गर्नुपर्छः डा कोईराला
७ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले समाजबादको पुनःब्याख्या गर्नुपर्ने बताएका छन् । उनले डा शोभाकर पराजुलीले लेखेको पुष्तक बिमोचन कार्यक्रममा बोल्दै समाजबादलाई पुःनब्याख्या नगरे अप्ठ्यारो पर्नसक्ने बताए ।
डा कोईरालाले कोही पनि ब्यक्ती पैसाकबो अभावले अध्ययन गर्नबाट, स्थास्थ्य उपचार गर्नबाट मनुनपरोस भन्ने बिषय नै समाजबाद भएको बिपी कोईरालाले बताउनुभएको भन्दै त्यसलाई आत्मासाथ गर्दै अगाडी बढ्नुपर्ने विचार ब्यक्त गरे । नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादबले राम्रो काम गर्नुभएको भन्दै नेकपा अधयक्ष केपी शर्मा ओली सरकारले समाजबाादको नाममा उखु किसानलाई आफ्नो उखुको मुल्य लिन काठमाडौं गएर मृत्युवरणसम्म गर्ने बाधय बनाएको भन्दै दुःख ब्यक्त गरे ।
उनले समाजका उर्जाशील युवालाई अदक्ष भएर बिदेश गएको दुःखद अवस्थामा नेपालमा नै तालिम दिएर देशमा नै रोजगार दिनसक्ने वातावरण बनाएमा मात्र अशल समाजबाद हुने बताए । उनले समाजबादलाई सधैं लोकतन्त्रसँग जोडेर हेर्नुपर्ने भन्दै बिपी कोईरालाका पालामा समाबेशी नभएको बताए । बिधीको शासनलाई नमान्ने सरकार भएको जनाउँदै अहिले देशको अवस्था अन्यन्दै जटिल भएको जिकिर गरे । उनले पौस ५ गतेलाई आफूले कालो दिनको रुपमा लिएको बताए । राजश्व अनुसंधान बिभाग, सम्पती शुद्धिकरण प्रधाानममन्त्रीको मातहतमा ल्याउँदा प्रचण्ड र माधव कुमार नेपाल पनि लागेको आफूले नबिर्षेको बताए ।
डा कोईरालाले नेपाली जनताले शान्ती सुरक्षा खोजेको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारी ब्यक्ती नभएर संस्था भएपनि त्यसको गरिमा बिगार्दै नेकपाको पनि एउटा गुटको मात्र राष्ट्रपति हुँदै एकपछि अर्को गल्ती गर्दै गएको बताए । राष्ट्रपतिले प्रधानमन्त्रीले लगेको संसद बिघटनको काम बिपक्षी दललाई सोध्दै नसोधेको, सर्बोच्च अदालतलाई सोध्दै नसोधेको, संसदमा नपठाएको कारण राष्ट्रपतिले केहीबेरमा नै सदर गरेर गलत गरेको बताए ।
देशलाई भड्खालोमा हाल्ने अधिकार न्यायपालीकालाई छैन भन्दै नेपालमा न्यायालयले गरेको निर्णयलाई जनताले उल्ट्याएको दृष्टान्त भएको सम्झन आग्रह गर्दै ५९ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको दृष्टान्त सुनाए । डा कोईरालाले निर्णय गर्न गाह्रो भएमा एकमुठी माटो लिएर निर्णय गर्नुपर्ने भनेर बीपी कोईरालाले आग्रह गरेको बताए ।
धनुषाको जनकपुरमा आयजित पुर्वसांसद डा शोभाकर पराजुलीको पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथिमा प्रथम राष्ट्रपति डा रामवरण यादव, बिशिस्ठ अतिथि कांग्रेस नेता डा शेखर कोइराला, अतिथिहरुमा कांग्रेस केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, मुक्ता यादव, कांग्रेस प्रदेश नं–२ का संसदीय दलका नेता रामसरोज यादव, कांग्रेस पुर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारी र भोला चौधरी, कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी, कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय, कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल, पुर्व सांसदहरू स्मृतिनारायण चौधरी, दिनेश पर्सैला, डा चन्द्रमोहन यादव,पुष्पलता लामा, रिता शाही लगायतको उपस्थिति थियो ।






