राजनीति

चाँडै नै सुदूरपश्चिमकी चेली निर्मला पन्तका बलात्कारी र हत्यारा पक्राउ गर्छौंः गृहमन्त्री थापा

८ फागुन, बिराटनगर । गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आकाँक्षालाई पुरा गर्दै भागीरथीका हत्यारा प्रहरीले पक्राउ गरेको जिकिर गर्दै निर्मला पन्तका बलात्कारी र हत्यारा पनि चाँडै नै सार्बजनिक गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा आयोजीत नेकपा ओली पक्षको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारी र हत्याराको नजिकमा सरकार पुगीसकेको बताएका छन् । सुदूरपश्चिमकी १३ बर्षीया बालीका निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता नलागेको प्रश्न सरकार र गृहमन्त्तीतर्फ सोझिईरहेका बेला आजको कार्यक्रममा गृहमन्त्रीले कडा रुपमा जवाफ दिएका छन् ।