राजनीति

सर्बोच्च अदालतबाट संसद पुनःस्थापना हुन्छ भन्ने कल्पना पनि गर्न सक्दिनः प्रधानमन्त्री

८ फागुन, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बोच्च अदालतले संसद पुनःस्थापना गर्ने भन्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा आयोजीत नेकपा ओली पक्षको आमसभामा बोल्दै देशभरका सभा सर्बोच्च अदालतले पनि हेरैकै होला भन्दै ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु’ भनेका छन् ।
आजको बिराटनगरको बिशाल सभामा बोल्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा पुनःस्थापना भए संसद किनबेच भएर टुक्रा ट्क्री मिलेर सरकार बन्ने हुँदा गठजोडको सरकार बन्ने हुँदा निर्बाचनपछि बन्ने सरकार नै बलियो सरकार हुने बताए । उनले भने, ‘कथमकदाचित पुनःस्थापना भए के गर्ने भन्दा अब बहुमतको सरकार रहेन । बहुमतको सरकार रहँदैन । त्यसो भएपछि विभिन्न गठजोड गर्नका लागि फेरि उही सांसद किनबेच, दलहरूका बीचमा मोलतोल, फेरि समीकरण, फेरी सरकार ढलाउ, फेरि सरकार बनाउ फेरि त्यै खेलमा आगामी डेढ–दुई वर्ष त्यसैमा समाप्त हुन्छ ।’
प्रधानमन्त्री ओलीले नेकपाका आफ्ना पक्षका कार्यकर्ता तथा शुभचिन्तकहरु सामु प्रतिनिधि सभा पुनःःस्थापना नहुनेमा ढुक्क रहन आग्रहसमेत गरे । उनले न्यायकर्मीहरु सबै बुझ्ने भएकाले उनीहरुले देश, काल, परिस्थितिमात्र नभएर कानूनहरु हेर्न जनाउँदै त्यसमा आशंका नगर्न आग्रह गरे ।