११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भएको खण्डमा प्रधानमन्त्रीका लागि आफुकाहाँ अनुरोध गर्न हल बाँधेर प्रचण्ड र माधव नेपाल आउन सक्ने दाबी गरेका छन् ।
अदालत संसद पुनस्थापना गरेर अस्थिरता निम्त्याउने खेलमा नभएको भन्दै संसद पुनःस्थापना गर्ने वा नगर्नेबारे अदालतले सबैकुरा जानिसकेको बताए । आफु निकट भातृसंस्था राष्ट्रिय युवा संघ नेपालको बैठकमा बोल्दै उनले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘‘उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा म कहाँ आइपुग्न बेर छैन ।’ उनले उहाँहरुको प्रधानमन्त्री बन्ने सम्भावनै नभएको जिकिर गर्दै अब कहिले उत्तर र कहिले दक्षीणतिर जाँदै प्रधानमन्त्री बन्दिनुपर्यो भन्नेमात्र भएको तर्क गरे । प्रधानमन्त्री ओलीले कार्यक्रममा प्रचण्ड र माधव नेपालको अब संसद पुनःस्थापना भएपनि एक प्रतिशत पनि प्रधानमन्त्री हुने संभावना नभएको ठोकुवा गरे ।





