शिक्षा

नेपाली विद्यार्थीले इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपको सहयोग

२ चैत, काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन् । उनीहरुले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन् ।

अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने कामबाँकी छ । उनीहरुले बाहिरी भागनि चाँडै बनाउदै छन् । उनीहरुको टिमको नाम सिरेटो रहेको छ । सिरेटो टिम भन्दा सुन्नेहरू अकम किन्छन् । तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदाचल्ने चिसो बतास (सिरेटो)सँगजोडेर टिमको नामकरण गरेका हुन । अर्थात् प्रतियुनिट विद्युतबाट केहीकिलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तनजस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामातन–मनले लागेका छन् ।

सेलइनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबिच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।
सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल,इलेक्ट्रिकललगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोध कुमार घिमिरेले उनीहरूलाई डोहो¥याइरहेका छन् । घिमिरेको सल्लाह र सुझा बलिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन् ।

गोल्छा ग्रुपकोसि.एस.आर अन्तर्गत यो इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपले सहयोग गरेकोे छ । गोल्छा ग्रुपले सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएको छ ।