राजनीति

फैसला पुनरावलोकन हुनेमा ढुक्क छुः अध्यक्ष दहाल

१७ चैत, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले सर्बोच्च अदालतको नेकपालाई एमाले र माओबादी केन्द्र बनाउने फैसला सच्चिनेमा आफु ढुक्क भएको बताएका छन् । उनले आज सर्बोच्च अदालतले फैसलाबारे पुनराबलोकनको लागि निबेदन दिँदै सर्बोच्च अदालतले नेकपालाई फुटाएर एमाले र माओबादी केन्द्र ब्यूत्याँउने फैसला बदर हुँदै नेकपा बनाउने फैसला गर्नेमा आफू बिश्वस्त रहेको बताए ।
उनले भनेका छन्, ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका कतिपय फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ’