राजनीति

अब श्रावण १ गतेदेखी बृद्धभत्ता प्रतिब्यक्ती पाँच हजार बन्छः प्रधानमन्त्री

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा बृद्धभत्ता बढाएर ५ हजार बनाईने घोषणा गरेका छन् । उनले आज रिपोटर्स क्लवको बार्षिक उत्सव कार्यक्रममा बोल्दै भने, ‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’
उनले पुर्वपश्चिम राजमार्ग छिट्टै सुरुवात गर्ने भन्दै सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा धेरै काम गरेको बताए ।