राजनीति

प्रचण्डलाई शान्ता चौधरीको प्रश्नः अदालतले पार्टी एकता गरि दिने हो र ?

१८ चैत्र, काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाई प्रश्न गरेकी छिन् ।

एमाले र माओवादी केन्द्र व्यूँताउने सर्बाेच्चको निर्णयका बिरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा गएपछि नेतृ चौधरिले अदालतले पार्टी एकता गरि दिने हो र ? भन्दै प्रश्न गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेतृ चौधरिले अब अदालतको दैलोमा गएर केही फाईदा नरहेको भन्दै आत्म आलोचित गरी नया ढंगले देश र जनतालाइ केन्द्रमा राखेर एकताको प्रयत्न गर्न सुझाव समेत दिएकी छिन् ।

एकिकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभुत कामहरु गर्नु पर्ने, देश ब्यापी संगठन निर्माणमा लाग्नु पर्नेमा तेसाे नभएकाे भन्दै अहिले आएर अदालतको दैलोमा अहिले जानै पर्दैनथ्यो उनले भनिन् ।

उनले उतिबेला आफ्नो पद र स्वार्थ भन्दा माथि उठ्न सकेको भए र एकतालाई जोगाउने प्रयास गरेको भए आज अर्कै माहोल सिर्जना हुने उनको भनाई छ । नेतृ चौधरिले दाहालले एकताको मर्म विपरित गतिविधि गरेको पनि बताईन ।

उनको स्टाटस्ः क.प्रचण्ड, अदालतले पार्टी एकता गरि दिने हो र ? साच्चै एकिकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभुत कामहरु गर्नु पर्ने थियो, देश ब्यापी संगठन निर्माण मा लाग्नु पर्ने थियो, अहिले आएर अदालतको दैलोमा अहिले जानै पर्दैनथ्यो । उतिबेला आफ्नो पद र स्वार्थ भन्दा माथि उठ्न सकेको भए र एकतालाई जोगाउने प्रयास गरेको भए अर्कै माहोल सिर्जना हुने थियो । कमरेडले एकताको मर्म विपरित गतिविधि गर्नुभयो त्यतिबेला । अब चै अदालतको दैलोमा गएर के गर्नु रु आत्म आलोचित हुनुहोस र नया ढंगले देश र जनता लाइ केन्द्रमा राखेर एकताको प्रयत्न गर्नुहोस ।