राजनीति

घनश्याम भुषालप्रति सूर्य थापाको टिप्पणीः चुनाव जित्यो कि फुटमा सक्रिय

१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनस्याम भुसालमाथि आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त थापाले घनस्याम भुजाल चुनाव जित्यो कि पार्टी फुटाउनमै लाग्ने आरोप लगाएका हुन् ।

थापाले भुसालले जीवनमा दुई पटक मात्रै निर्वाचन जितेको र जहिले पनि पार्टी फुटमै लागेको बताएका छन् ।

भुसाल चुनाव जित्यो कि पार्टी फुटमा सक्रीय हुनु संयोग हो की नियति भन्दै प्रश्न समेत गरेका छन् । माओवादी समुहको तिब्र आलोचना गर्दै आएका थापाले आज यस्तो ट्वीट गरेका हुन् ।

उनको स्टाटस्ः घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो- !.२०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्यो । २.०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो । चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?