२० चैत, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेपाली काँग्रेसको लागि सरकार भन्दा लोकतन्त्र महत्वपूर्ण भएको बताएका छन् ।
मकवानपुर काठमाडौं सम्पर्क समितिले गरेको बृहत बैठकमा प्रमुख अतिथी रहेका नेता शर्माले उक्त कुरा बताएका हुन् । नेपाली काँग्रेस आउँदै गरेको १४ औं महाधिवेशनमा केन्द्रीत हुने जनाउँदै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई धोका दिएको बताए ।
नेता शर्माले मकवानपुर काठमाडौं सम्पर्क समितिका कार्यक्रमहरुको प्रशंसा गर्दै सम्पर्क समितिलाई आफूले सहकार्य गरिरहने बताए । नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिका सभापति पुरुषोत्तम ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्य, डोटी काठमाडौं सम्पर्क समितिका सभापति दीर्घ बलायरले आगामी निर्बाचनमा काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन आफुहरु जीउज्यान दिएर लाग्ने बताएका थिए ।
कार्यक्रममा मकवानपुर सम्पर्क समितिका सभापति ठकुरीले आफुले जिल्लाको विकासका लागि भित्रैदेखी लागेको र निश्वार्थ रुपमा पार्टी संगठन मजबुत बनाउन सारा शक्ती लगाउँदै लागिरहने बताए ।





