सामाजिक सञ्जाल

ओली मनाङेले देशलाई योगदान गरेर अमरत्वको कीर्तिमान कायम गर्ने भए।हे राम-संग्रौला

१६ बैसाख, काठमाडौं । लेखक तथा बुद्धिजिवी खगेन्द्र संग्रौलाले ओली सरपछि मनाङे सरले देशलाई योगदान गरेर अमरत्वको कीर्तिमान कायम गर्ने भए।हे राम ! भन्दै ब्यंग्य गरेका छन् । बुधबारमात्र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियु्क्त भएका गण्डकी प्रदेशका साँसद मनागेंप्रति संग्रौलाको ब्यंग्य आएको हो ।
उनले ओली महलका आदर्श पात्र दीपक मनाङेले गण्डकी प्रदेशको मन्त्री पदको पगरी गुथेर ओली सरकै शैलीमा भनेछन्’ ‘म नेताहरूलाई सिकाउन चाहन्छु-मन्त्री भनेको पैसा कमाउन होइन, देशलाई योगदान गर्न बन्ने हो।’ जोडेर उक्त ब्यंग्य गरेका हुन् ।

संग्रौलाको ट्वीटः ओली महलका आदर्श पात्र दीपक मनाङेले गण्डकी प्रदेशको मन्त्री पदको पगरी गुथेर ओली सरकै शैलीमा भनेछन्, ‘म नेताहरूलाई सिकाउन चाहन्छु- मन्त्री भनेको पैसा कमाउन होइन,देशलाई योगदान गर्न बन्ने हो।’
ओली सरपछि मनाङे सरले देशलाई योगदान गरेर अमरत्वको कीर्तिमान कायम गर्ने भए।हे राम!