२४ बैसाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२” योजनाको १० अङ्कित दरको १२ करोड इकाईहरु बैसाख १३ गतेदेखि बैसाख १६ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो र यसमा आवश्यकता भन्दाअधिक इकाईहरुको लागि आवेदन प्राप्त भएको थियो ।
सर्वसाधारण आवेदकहरुबाट कुल ६७,०७६ आवेदन फाराममार्फत जम्मा १५,६३,०३,९९० इकाईको लगि आवेदन प्राप्तभएकोमा ६४,५१४ आवेदन फाराममार्फत जम्मा १४ करोड ५२,लाख ९५ हजार ४००इकाईका लागि रितपूवक आवेदन प्राप्तभएकोे र कुल २,५६२ आवेदन फाराममार्फत जम्मा १,१०,०८,५९०, इकाईको लागि रितपूर्वक आवेदनप्राप्तनभएकोले रद्ध गरिएको र रितपूर्वक आवेदनप्राप्त भएकोे मध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा१६ हजार ६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको जानकारी गराएको छ ।
योजनाको कुल आकार एक अर्ब ५० करोडको जम्मा २० प्रतिशत बीजपूँजीको रुपमा लगानी गर्नु पर्ने रकम ३० करोड रकममध्ये रु.२९ करोड रकम बराबरको २,९ करोड इकाई कोष प्रबद्र्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड, एक करोड रकम बराबरको १० लाख इकाई योजना ब्यबस्थापक एनआईबिएलएस क्यापिटल लिमिटेडतथा सर्वसाधारणहरुलाई बाँडफाँट गर्नु पर्ने जम्मा १२ करोड इकाईहरु ६४,४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४,४८३ जनाआवेदकहरुलाई जम्मा पन्ध्र करोड इकाई संलग्न भएको छ ।





