सामाजिक सञ्जाल

७ दिनपछि ओली नै फेरि सितल निवासबाट टिका लगाई प्रधानमन्त्री बन्छन्: नेता गुरुगं

२७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुगंले केही नेताहरुको मनोदशालाई नियाल्दा ७ दिनपछि उनै ओली फेरि सितल निवासबाट टिका लगाएर नआउला भन्न सकिने अवस्था नरहेको बताएका छन् ।
नेता गुरुगंले प्रधानमन्त्री ओलीलाई आज जसोतसो विदा त गरिएला तर जसपा पार्टी र अन्य केही नेताहरुका कारण भनेका छन् ।
उनले मुलुकको राजनीतिलाई थप अन्यौल र जटिलताबाट रोक्नलाई उभयलिङ्गी राजनैतिक चरित्रको अन्त्य जरुरी रहेको औल्याएका छन् ।

उको ट्वीटः प्रधानमन्त्री ओलीलाई आज जसोतसो विदा त गरिएला तर जसपा पार्टी र अन्य केही नेताहरुको मनोदशालाई नियाल्दा ७ दिनपछि उनै ओली फेरि सितल निवासबाट टिका लगाएर नआउला भन्न सकिंदैन।
मुलुकको राजनीतिलाई थप अन्यौल र जटिलताबाट रोक्नलाई उभयलिङ्गी राजनैतिक चरित्रको अन्त्य जरुरी छ।