विशेष

प्रधानमन्त्रीका पक्षमा जम्मा ९३ साँसदमात्र, भए पदमुक्त

२७ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रियामा उनी असफल भएका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कायम रहन १३६ मा आवश्यक पर्ने भएपनि उनले जम्मा ९३ मतमात्र पाएपछि उनी प्रधानमन्त्रीबाट पदमुक्त भएक छन् । बिपक्षमा १२४ जना, तटस्थमा १५ जना परेका थिए ।
नेकपा एमालेकामात्र १२१ जना साासद भएपनि माधव नेपाल पक्षका २८ जना साासदले प्रधानमन्त्री प्रकृयामा मतदान नै गरेका थिएनन् । नेपाली काँग्रेस र माओबाद्यी केन्द्रले प्रधानममन्त्रीको बिपक्षमा मतदान गरेका थिए । भने जसपालगायत साना दलले प्रधानमन्त्रीलाई मतदान गरेनन् ।प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव असफल भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए । त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गरेका थिए । बैठकमा २३२ सांसद उपस्थित भएको सभामुख सापकोटाले जानकारी दिए ।
विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव विफल भएको हो । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो । प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदात गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले विपक्षमा मतदान गरे। मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक पथ्र्यो । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।
एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ ।