सामाजिक सञ्जाल

पुर्व राजा ज्ञानेन्द शाह्रले जिते कोरोना, पुर्व रानी कोमललाई सारियो सामान्य वार्डमा

२८ बैसाख, बाँके । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना जितेका छन् । १८ दिनको अस्पतालबसाईपछि उनले कोरोना जितेर अक्सिजनकै सपोर्टमा नर्भिक अस्पताल थापाथलीमा उपचार गराईरहेका शाहलाई सामान्य वार्डमा सारिएको नर्भिक अस्पतालले बिज्ञप्ती जारी गर्दै बताएको छ । पुर्व राजा शाहको कोरोना रिपोर्ट नेगेटिएभ आएपछि सामान्य वार्डमा सारिएको अस्पतालले बताएको छ ।
पुर्व रानी कोमल शाहलाई पनि कोरोनाका कारण संगै भर्ना गरिएको भएपनि हाल सामान्य वार्डमा सारिएको छ । पुर्व राजकुमारी प्रेरणा शाहको भने यसअघि नै कोरोना रिपोर्ट नेगेटिभ आईसकेको अवस्था छ । पुर्व राजपरिवार भारतको एक धार्मिक कार्यक्रममा भाग लिएन गएर फर्किँदा उनीहरु स–परिवार तिनैजनालाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई तत्काल नै उपचारका लागि १८ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।