समाचार

डा भिमार्जुनको ठोकुवाः प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठन हुनै सक्दैन

६ जेठ, काठमाडौं । संबिधानबिद डा भिमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्रीमा बिश्वासको मत नलिने बरु प्रधानमन्त्रीका लागि धारा ७६ ५ अनुसार प्रकृया अगाडी बढाउन दिएको सिफारिसको बषियमा टिपणी गर्दै राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन भनेका छन् । डा आचार्यले नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो भन्ने टिप्पणी गरेका छन् ।
उनको ट्वीटः विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।