पु.समाचार

आज कोरोनाका कारण १७७ को निधन, ८६०७ जना थपिए संक्रमित

७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा १७७ जना कोरोना भाईरस संक्रमणका कारण निधन भएको छ । ८६ सय ७ जना कोरोना संक्रमितहरु यसै समयमा थपिएका छन् । कोरोना संक्रमणका कारण हालसम्म निधन हुनेको संख्या ६०२४ पुगेको छ ।
आज ७८ सय ९० जना कोरोना संक्रमण जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २३ हजार २२६ जना कोरोना परीक्षण गरिएको थियो ।