सामाजिक सञ्जाल

राष्ट्रपति/प्रधानमन्त्रीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो, होसियार हौंः डा आचार्य

१० जेठ, काठमाडौं । संबिधानबिद डा भिमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान् भन्ने चिन्ता ब्यक्त गरेका छन् ।
उनले भनेका छन्, ओली राष्ट्र घातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यो । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैंले गरेका थिए।
डा आचार्यले सबै बुद्धिजिवीलाई आग्रह गर्दै थपेकका छन्, एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौं। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।

डा आचार्यको स्टाट्ः ओली राष्ट्र घातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यो । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।