सामाजिक सञ्जाल

रावलको अपीलःविरगंजमा नागरिकता लिनेको भिड छ, देशभक्त राष्ट्र जोगाउन सक्रिय बनौं

१० जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विरगंजमा नागरिकता लिनेको भिड लाग्यो, देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं भनेर सम्पूर्ण जनतालाई अपील गरेका छन् । उनले ट्वीट गर्दै सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले ल्याएको नागरीकतासम्बन्धी अध्यादेशको बािरेध गर्दै उक्त अपील गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि? भन्ने प्रश्न गर्दै नेपाली जनतालाई जवाफ चाहियो भनेका छन् ।

उनले आज एमालेले कारबाही गरेको बिषयलाई यसरी टिप्पणी गरेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’
नेता रावलको ट्वीटः विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं ।