राजनीति

नेपाल समूहले विपक्षीसंग साँठगांठ गरेर आफ्नै पार्टीलाई तहस नहस पारेर राजनीतिक अपराध गरेको चौधरीको आरोप

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले माधव नेपाल समूहले आफ्नो पार्टीलाई तहस नहस पारेर, भद्रगोल सिर्जना गरेर, कार्यकर्ताको अनुनय बिनयलाई लत्याएर, विपक्षी संग साँठगांठ गरेर, अनेक तिकडम गर्दै आफ्नै सरकार ढाल्न कुटिल भूमिका खेल्ने र आफ्नै पार्टीलाई कमजोर पार्ने काम राजनीतिक अपराध भएको बताएकी छन्।

उनले सामाजिक संजालमा लेखेकी छन्, “आफ्नो पार्टी लाइ तहस नहस पारेर, भद्रगोल सिर्जना गरेर, कार्यकर्ताको अनुनय बिनय लाइ लत्याएर, विपक्षी संग साँठगांठ गरेर, अनेक तिकडम गर्दै आफ्नै सरकार ढाल्न कुटिल भूमिका खेल्ने र आफ्नै पार्टी लाइ कमजोर पार्ने काम राजनीतिक अपराध होइन र? लाखौँ कार्यकर्ताहरुको मनोबल गिराउने अनि भबिस्य माथि खेलबाड गर्ने काम किन भएका छन्? अझ नयाँ पार्टीको कल्पना गर्दै हुनुहुन्छ? कमरेड हरु, को आइदिने होला त्यो पार्टिमा? हुनत कतै अर्को तिर मिसिने योजना अनुसार नै यी सबै भएका होलान। कस्तो बिडम्बना, अरु लाइ घमण्डी भनि रहनु भयो तर आफ्नो घमण्ड कहिलेइ छाड्नु भएन।”