पु.समाचार

उपत्यकामा निषेधाज्ञा थप, निषेधाज्ञा उल्लंघन गर्नेलाई छ महिनासम्म कैद र तीनलाखसम्म जरिवाना

निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक मंगलबार बस्दैछ । निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको स्रोतले बतायो ।

स्रोतका अनुसार निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ ।