सामाजिक सञ्जाल

माधव नेपाल समूहले नयाँ पार्टी खोल्ने भएपछि गोकुल बास्कोटाले दिए कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथिवीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको बताएका छन्।

एमाले भएन अर्को पार्टी खोल्छु भन्ने माधव नेपाल समूहले किन पुनस्थापनाको माग गरेको भन्दै प्रश्न गरेका छन्। बास्कोटाले सामाजिक संजालमा लेखेका छन्, “एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको होला? अदालतले निर्दल घोषणा गर्छ र ?तिनिहरु कुन दलका सांसदका रुपमा रहलान? हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथिवीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ।पार्टी भक्ति त तुहियो।”