राजनीति

फोटो नजल्ने भए ओली र प्रेम आले जस्ताले चितामा पनि आफ्नो फोटो राख्न लगाउँथे : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले बनमन्त्री प्रेम आलेले अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर अस्पताललाई वितरण गरेपछि आपत्ति जनाएका छन्।

फोटो नजल्ने भए केपी शर्मा ओली र प्रेम आले जस्ता हरुले चितामा पनि आफ्नो फोटो राख्न लगाउँथे भन्दै आपत्ति जनाएका छन्। उनले लेखेका छन्, “चाउचेस्कुले आफ्नो र श्रीमतीको फोटो चोकचोकमा राख्न लगाएका थिए।केपी ओ ले पनि आफ्नो फोटो पोलपोलमा झुण्ड्याउन लगाए।उनका औतारीहरुले आफ्नो फोटो अक्सिजन सिलिन्डरमा टाँस्न लगाउनुलाई अनौठो नमानौं। फोटो नजल्ने भए यिनीहरुले चितामा पनि आफ्नो फोटो राख्न लगाउँथे!यस्ताको के बिरोध गर्नु!”