पु.समाचार

आज कोरोनाबाट १६९ जनाको निधन, ८६ सय ३६ जना थपिए संक्रमित

११ जेठ, काठमाडौं ।पछिल्लो २४ घण्टामा १६९ जनाको कोरोनाका कारण निधन भएको छ । आजको निधनपछि नेपालका कोरोनाका कारण निधन हुनेको संख्या ६७ सय पुगेको छ । आज कोरोना संक्रमितको संख्या ८६ सय ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना संक्रमण जितेर घारफर्किनेहरु ६४ सय ४ जना छन् । आज २२ हजार ९३६ जनामा कोरोना परीक्षण गरिएको थियो ।