आर्थिक

उपत्यकामा एक हप्ता निशेधाज्ञा थप, किराना पसलसमेत बन्द गर्ने प्रशासनले गर्यो निर्णय

११ जेठ, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरमा एक साताका लागि निशेधाज्ञा थप गरिएको छ । काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार निशेधाज्ञामा मर्निगं वक र इभिनिगं वकमा जानेलाई कारबाही, किराना पसल पुर्ण रुपमा बन्दलगायतका नियमहरु थप गरिएको छ ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण प्रभावकारी नभएका कारण प्रशासनले निशेधाज्ञामा थप कडाई गरेको हो । बैसाख १६ गतेदेखी जेठ १३ गतेसम्मका लागि लागेको निशेधाज्ञा अब एक हप्ता थप भएपछि जेठ २० गतेसम्मका लागि थप भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकामा निशेधाज्ञा लगाउने, थप गर्ने, कडाई वा लुज गर्ने निर्णय गर्ने गरेअनुसार यसपटक पनि एक हप्ता थप गरेका छन् ।
बिहान ९ बजेसम्मका लागि खोल्न अनुपति दिएको प्रसासनले अलि खुकुलो गर्दै १० बजेका लागि राखेको भएपनि पुनः ९बजेनै बनाएको छ ।