आर्थिक

एन आई सी एशियामा प्रिपेड डलर कार्ड लिन अनलाईन आवेदन दिन सकिने

११ जेठ, काठमाडौं । एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको iServe प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन् । VISA NETWORK मा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले बैंकको Self Help Banking platform iServe भित्र Card Services मा क्लिक गरी Dollar Card Request मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा OTP प्राप्त हुने र उक्त OTP राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्नेछन् । तत्पश्चात् ग्राहकले आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन् । यद्मपी कोरोना कहरको यस विषम परिस्थितिमा बैंकले सिमित शाखा मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको अवस्थामा प्रिपेड डलर कार्ड लिन इच्छुक ग्राहकले बैंकको वेबसाइट अथवा सामाजिक संजालमा राखिएको शाखा खुल्ने सम्बन्धी सूचना हेरी वा बैंकमा सम्पर्क गरी आफुले रोजेको शाखा खुल्ने दिन मात्र सरकारले जारी गरेको निषेधाज्ञाकोे पालना गरी बैंकको शाखा कार्यलयबाट उक्त कार्ड लिन अनुरोध गरेको छ । ग्राहक महानुभावहरुलाई यस कार्ड सुविधा अझ बढी सुलभ बनाउनका निमित्त बैंकले हाल शुल्क ३५० कायम गरेको छ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहकहरूले  NIC ASIA MoBank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन् । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । यस iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू, ग्राहक सम्बन्धी सेवाहरू, टेलर सेवाहरू  र कार्ड सम्बन्धी सेवाहरू, ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब  २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।