पु.समाचार

एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न उपत्यकाका सिडिओको आग्रह

निषेधाज्ञा

काठमाडौं । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । उक्त बैठकले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ ।

सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ । सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो ।