आर्थिक

प्राईम बैंकले ३० लाखका स्वास्थ्य सामाग्री दियो वीरलाई

१२ जेठ, काठमाडौं । प्राईम कर्मर्शियल बैंकले वीर अस्पताललाई करिव ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामाग्रीहरु निःशुल्क हस्तान्तरण गरेको छ ।
आज बैंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्दि«य अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-­१९ महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त बनेको अवस्थामा विभिन्न अस्पतालहरुमा विरामी शैथ्या, अक्सिजन लगाएत अन्य अति आवश्यक स्वास्थ सामाग्रीहरुको चरम अभाव भई संक्रमित विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै यस बैंकबाट सुदुर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेकोमा कोभिड-­१९ विरुद्घको लडाईमा यस संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा आज बिर अस्पताललाई सामाग्री हस्तान्तरण गरेको महाप्रबन्धक
संजीव मानन्धरले जानकारी दिएका छन् ।