राजनीति

भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन्। सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएकाे याे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

सभापति देउवाले सामाजिक संजालमा लेख्दै भनेका छन्, “नेपालगञ्जस्थित #भेरी_अस्पतालका डाक्टर र नर्सहरुमाथि #आक्रमण हुनु निकै निन्दनीय कार्य हो।यो #महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।#स्वास्थ्यकर्मीमाथि भएकाे याे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा #कारवाही गर्न माग गर्दछु।”