पु.समाचार

आज कोरोना जित्ने ह्वात्तै बढे, पुगे ९८४१ जना, थपिए ६९५१ संक्रमित, ९६ को गयो ज्यान

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९६ जनाको निधन भएको छ । हिजो संक्रमणका कारण १०६ जनाको निधन भएकोमा आज अझ घटेर ९६ जना पुगेको हो । आजसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७०४७ जना पुगेको छ ।
आज कोरोना संक्रमितहरु ६९५१ जना थपिएका छन् । निको भएकाहरु ९८४१ जना रहेको नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । आज कोरोना परीक्षण २० हजार ११० जनामा गरिएको थियो ।