काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । स्रोतका अनुसार उक्त भेटघाटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको छ ।
स्रोतका अनुसार ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनायो ।





